Skip to content
Shikhar Insurance
National Life

गुणस्तरलाई कायम राख्न संयुक्त रूपमा बजार अनुगमन गर्ने निर्णय

Hyundai
NCELL
NIMB

विराटनगर । जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको बुधबार बसेको बैठकले बजारमा कुनै पनि किसिमको अस्वाभाविक मूल्य वृद्धि, तौल, गुणस्तरलाई कायम गर्न संयुक्त रूपमा बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतमा बसेको बैठकले खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक उपभोग्य मालवस्तुको सहज आपूर्ति हुन जम्माखोरी, कृत्रिम अभाव सिर्जना, अधिक मूल्य कारोबार जस्ता अवाञ्छित गतिविधि हुन नदिने र त्यस्ता गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउने निर्णय गरेको छ ।

त्यस्तै कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढ्ने सम्भावना हुँदा सबै सरकारी, गैरसरकारी कार्यालय, सङ्घ संस्था, उद्योग, प्रतिष्ठान, यातायातलगायतका कर्मचारी, सेवाग्राही, मजदुर आदिका जम्मा, भीडभाड हुने स्थानमा आनिवार्य मास्कको प्रयोग, साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग, सामाजिक, व्यक्तिगत, भौतिक दूरी व्यवस्थापन कार्यलाई अनिवार्यरूपमा पालना गर्ने र गर्न लगाउने, भीडभाड हुन नदिने, सचेतना फैलाउने, फैलाउन लगाउने, आवश्यकताअनुसार स्थानीय तह र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न लगाउने र आवश्यकताअनुसार जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको बैठक नियमितरूपमा बस्ने निर्णय भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्