Skip to content
Shikhar Insurance
National Life

गार्डियन माइक्रो लाइफले सर्वसाधारणको लागि पुस २१ गतेदेखि आइपीओ निष्कासन गर्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले पुस २१ गतेदेखि सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने लागेका हुन् ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री गरी बाँडफाँड गरेपछि अब सर्वसाधारणमा जारी गर्न लागेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसबाट कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ संकलन गर्नेछ।

आइपीओ खरिदका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यसमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ। तर उक्त अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा आवेदन प्रक्रिया माघ १० गतेसम्म हुनेछ ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ कराड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बरारबको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड भइसकेको छ। त्यस्तै ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरो सेयर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्