Skip to content
Shikhar Insurance
National Life

गलैंचा सुविधा कटौती फिर्ता नगरे २ लाख मजदुर सडकमा उतार्छौंः गलैंचा उत्पादक संघ

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा कटौती गरेको भ्याट लगायतको करछुट सुविधालाई फिर्ता लिएर पहिलेकै अवस्थामा कायम नगरे नेपाली गलैंचा उद्योग धराशायी हुने नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले जनाएको छ। बजेटमा सुविधा कटौतीका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलन्मा संघले सो कुरा जनाएको हो।

संघका अध्यक्ष तेन्जिङ शेर्पाले भने, हामीले हाम्रो समस्याका बारेमा अर्थमन्ती, प्रधानमन्त्री, उद्योगमन्त्रीलगायतका सरोकारवला सबैसँग आग्रह गर्दा आश्वासन मात्र पायाैं । तर, अर्थमन्तीले भने खासै चासो नदिएको अनुभव हामीलाइ भयो । यो नीतिनै लागू हुने हो भने आजको भोलि नै हाम्रो निर्यात ५० प्रतिशतभन्दा धेरैले घट्नेसमेत अध्यक्ष शेर्पाले बताए ।

नेपाली गलैंचा उद्योग साना तथा गरेलु उद्योगमा आश्रित रहेकाले कच्चापदार्थमा लागेको भ्याटले गर्दा त्यस्ता उद्योग धराशायी हुने, जसबाट नेपाली गलैंचा उद्योग नै धराशायी हुने र २ लाखभन्दा धेरै मजदुर बेरोजगार भएर सडकमा जान बाध्य हुनेसमेत संघले जनाएको छ । कर सुविधा कटौतीका कारण नेपाली उद्योगको गलैंचाको लागत मूल्य महँगाे हुने भएकाले विदेश निर्यातमा समेत समस्या हुन्छ ।

जसबाट आव ७८/७९ मा करिब ११ अर्बको निकासी भएको गलैंचाजन्य बस्तु पैठारी समेत हुन नसक्ने जनाएको छ, यसबाट नेपालको व्यापार घाटा थप बड्न जाने समेत संघले जनाएको छ । सरकारले ल्याएको यो नीतिले राज्यको निकासी जन्य उध्योगलाई प्रोत्साहन गर्ने भन्ने कुरासँग मेल नखाएको समेत संघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्