Skip to content
Shikhar Insurance
National Life

गरिमाले कमायो साढे ८२ करोड नाफा, अरु सूचक कस्ता ?

Hyundai
NCELL
NIMB

गरिमा विकास बैंकको नाफा ८२ करोड ५२ लाख ८८ हजार रुपैयाँ पुगेको छ । बैंकले आर्थिक वर्ष २०७६।७७ को तुलनामा गत आव २०७७।७८ मा २४ करोडले नाफा बढाउन सफल भएको हो । सो आवमा बैंकको नाफा ५७ करोड ७२ लााख ५५ हजार रुपैयाँ थियो । अर्थात गरिमाले एक वर्षको अवधीमा आफ्नो नाफा ४२.९७ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको वितरण योग्य नाफा ६० करोड ५७ लाख १२ हजार रुपैयाँ छ । चुक्ता पुँजी ३ अर्ब २३ करोड ३८ लाख रुपैयाँ रहेको बैंकले गत आवको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई १८.७० प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

बैंकले गत आवमा ६३ अर्ब ९० करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेर ५१ अर्ब ८० करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गर्दा एक अर्ब ९३ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको थियो ।

बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ०१ पैसा छ । बैंकको खराब कर्जा ०.७२ प्रतिशत, आधार ब्याजदर ८.१७ प्रतिशत र स्पेडदर ४.५ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्