Skip to content
Shikhar Insurance
National Life

गभर्नरको राजीनामा माग्दै सेयर बजारका लगानीकर्ता माइती घरमा प्रदर्शन गर्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । गभर्नर अधिकारीको राजिनामा माग वगर्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रने भएका हुन् ।

गभर्नर अधिकारी नेकपा एमालेको केन्द्रीय विभाग सदस्य भएको पुष्टी भएको भन्दै सेयर लगानीकर्ताहरुले काठमाडौंको माइतीघरमा जनप्रदर्शन गर्ने कार्यक्रम राखेका हुन् ।
‘ओेलिको खेताला गभर्नरको कुकृत्यको भन्डाफोर गर्दै राजिनामा माग्दै जनप्रदर्शन गर्ने कार्यक्रम राखिएको छ, सबै लगानीकर्ता र पत्रकार साथीहरुलाई ४ः३० बजे भेला हुन भनेका छौं । राष्ट्र बैंकको गभर्नर जस्तो गरिमामय पदमा बसेर कुनै एक पाटीको कार्यकर्ता हुनु गैर कानुनी हो,’ एक लगानीकर्ताले सिंहदरबारलाई बताए, ‘यसले कुनै एक दलको इच्छामा देशको मौद्रिक नीति निर्माण गरिएको प्रष्ट भएको छ । यो अन्याय गर्नु मात्र अपराध हैन अन्याय सहनु पनि अपराध नै हो।’

कुनै दलको कार्यकर्ता भएर केन्द्रीय बैंकमा मनपरी नीति ल्याउन खोजिएको र अर्थतन्त्रलाई नै तहसनहस बनाउन खोजिएको भन्दै राजीनामा माग गर्दै आन्दोलन गर्न लागिएको उनले उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्