Skip to content
Shikhar Insurance
National Life

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता

Hyundai
NCELL
NIMB

ललितपुर । प्रभु बैंक लिमिटेड र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर (जीएसएमएचआरसी) बीच सम्झौता भएको छ । ललितपुरको महालक्ष्मीस्थानस्थित जीएसएमएचआरसी र बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

एक समारोहकाबीच जीएसएमएचआरसीका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्र (एमओयु)मा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर जीएसएमएचआरसीमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक जीएसएमएचआरसीले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ । प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरहरु रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्