Skip to content
Shikhar Insurance
National Life

गठबन्धनलाई ओलीले फुटाउन षड्यन्त्र गरिरहेका छन्ः अध्यक्ष नेपाल

Hyundai
NCELL
NIMB

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिध्याउन खोजिरहेको आरोप लगाउँदै त्यस्ता षड्यन्त्रलाई साथ दिनेहरु क्रान्तिकारी हुनै नसक्ने बताए । पार्टी निकट नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको भर परेर अघि नबढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । आफ्नै शक्ति बलियो बनाउने र एक्लै चुनाव जित्ने आँटका साथ पार्टी अघि बढ्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो । उनले अरु पार्टीको सामु माग्ने भएर नभई दिने हैसियतको पार्टी बनाउनुपर्ने भएकाले त्यसका लागि सिंगो पार्टी पंक्ति परिचालित हुन पनि सचेत गराए ।

अध्यक्ष नेपालले भने, ‘हामीले देखिरहेका छौं–हाम्रो पार्टीलाई यही पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजिरहेका छन् । हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दछ ? हुन सक्दैन । त्यसो हुनाले चुनौति छन । यति सजिलो छैन । आफ्नै शक्ति बलियो बनाउनु पर्दछ । गठबन्धनमाथि पनि भरोसा गरेर अनि उनीहरुले चुनावमा जिताईदेलान् भन्ने ठानेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो । आफ्नो शक्तिको आधारमा संगठन बिस्तार गरेर चुनावमा एक्लै जित्ने आँट गरेर चल्ने हो । यस अर्थमा अरुले हामीसँग मागुन कि हामीलाई दिनुस् । हामीले माग्न जाने स्थिति होइन । यी सबै कुराहरुलाई तपाईहरुले ध्यानमा राख्नुहुनेछ । अहिलेदेखि नै पार्टी निर्माणको अभियानमा, सदस्यता वितरणको अभियानमा, सिंगो पार्टी पंक्तिलाई प्रष्ट पार्ने अभियानमा जुट्ने कुरामा लाग्नुहोस् ।’

अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले चलखेल गरिरहेको जिकिर गर्दै त्यसका बिरुद्ध पनि जुध्नुपर्ने बेला आएको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्