Skip to content
Shikhar Insurance
National Life

गगन थापालाई रविको गम्भिर आरोप, ‘देशको गोप्य सूचना बेचियो ३० करोडभन्दा बढी भ्रष्टाचार’

Hyundai
NCELL
NIMB

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई गम्भिर आरोप लगाएका छन् । सभापति लामिछानेले संसदको प्रतिनिधि सभामा बोल्दै महामन्त्री थापाले देशको गोप्य सूचना बिक्री गरेको आरोप लगाएका हुन् ।

लामिछानेले महामन्त्री थापालाई लक्षित गर्दै भने,’नेपाली नागरिकता बोकेर देशको सूचना बिक्री गर्नेलाई कारबाही गरौं, चाहे ती महामन्त्री हुन्, चाहे जुनसुकै नेता हुन्।’

उनले थपे, ‘१५ करोड लिएर बाख्रा पालन गरेको, त्रिचन्द्र क्याम्पसको पार्क निर्माणमा ३० लाख, १४ करोड लिएर वीपी स्वास्थ्य विधि विज्ञान प्रतिष्ठानको कुलपति नियुक्त गरेको समाचार आएको थियो, यी सबै विषयमा संसदिय समिति निर्माण गर्न तयार हो ? सुरु म बाट होस्।’

केहिदिन अघि मात्रै गगन थापाले सहकारीको अर्बौ रकम ठगि गरेको प्रमाण आफूहरुसँग भएको दाबी गरेका थिए ।

नागरिकता एउटै बोक्ने देशकै बोक्ने तर देशका गोप्य सूचना बिक्री गर्ने एजेन्टहरुलाई पनि बाहिर पठाऔं। संसद बाट हटाऔं ती जतिसुकै शक्तिशाली होस् देशको मन्त्री होस् देशको महामन्त्री होस् ।

यस्तो छ गभ्भीर आरोप

‘२०५५ सालमा त्रिचन्द्र क्याम्पसको पार्क बनाउँछु भनेर   ३० लाख रुपैंया बेरुजू महालेखा परिक्षक कार्यालयले नै निकालेको थियो । त्रिभुवन विश्वविद्यलयको वेवसाइट बनाउँछु भनेर पाँच लाख रुपैयाँ लिएर काम नगरेको समाचार आएको थियो । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)बाट सुनखानी एकीकृत कृषि केन्द्रको नाममा १५ करोड लिई नुवाकोटमा बाख्रा फारम र गोल्फूटारमा मासु पसल खोलेको २०६८ सालमा अनुदान लिएको बन्द गरेको समाचार आएको छ । रकम हिनामिनाको आरोप लागेपछि अनुदान नलिएको प्याक्टलाई विज्ञप्ति निकाल्न लगाइएको थियो ।

रकम लिएको नलिएको विषयमा विवाद भएपछि साउथ एसिया फ्याक्ट चेक नामक संस्थाबाट फ्याक्ट चेक भएको तर खै कसको प्रभावमा सो फ्याक्ट चेक गायव बनाएको छ । यसैगरी, स्वास्थ्यमन्त्री भएका बेला १४ करोड लिएर प्राध्यपक राजकुमार रौनियारलाई विपी स्वास्थ्य विधि विज्ञान प्रतिस्ठानमा कुलपति बनाएको र पैसा बुझाउनु पर्ने भन्दै आएको दाबीहरुपनि समाचारमा आएका थिए । के यी सबै विषयहरुमा संसदीय छानविन बनाउन सकिन्छ भनि संसदमा गृहमन्त्री रविले प्रश्न गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्