Skip to content
Shikhar Insurance
National Life

सिमा नाकाहरुमा जाँच नहुँदा सर्लाहीका गाउँगाउँमा सङ्क्रमणको त्रास

Hyundai
NCELL
NIMB

सर्लाही । कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्को लाग्ने गरेपनि उनीहरूको परीक्षण नहुँदा सिधै घर जाने गरेका कारण जिल्लाका गाउँ वस्तीहरुमा कोराना सङ्क्रमण फैलिने सम्भावना रहेको छ ।

भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर सङ्क्रमण पत्ता लगाउने भनिए पनि जिल्लाका नाकाहरुमा जाँच हुने गरेको छैन । स्वास्थ्य कार्यालयमा पिसिआर जाँच हुने गरेको भएपनि नागरिकको पिसिआर परीक्षणमा चासो कम देखिएको कार्यालयका सूचना अधिकारी बलिराम यादवले बताए ।

खुला सीमाबाट निर्वाधरुपमा बिना परीक्षण नै मानिसको आवतजावत हुँदा कोरोनाको सङ्क्रमण गाउँघरमा फैलिएको भन्दै जिल्लाका अधिकांश स्थानीय निकायले पूर्ण तथा आंशिक निषेधाज्ञाको घोषणा गरेका छन् । जिल्लामा हालसम्म १२६ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ भने चार जनाको ज्यान गएको स्वास्थ्य कार्यालयका प्रमुख श्रवणकुमार नायकले सिंहदरबारलाई बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्