Shikhar Insurance
National Life

खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु, नागरिकलाई सहज

सिंहदरबार संवाददाता
२०८१ पुष २६, शुक्रबार १३:०२
Hyundai
NCELL
NIMB

भोजपुर । खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै यहाँका नागरिकलाई सहज भएको छ । गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो ।

गत असोज ७ गतेदेखि आगामी माघ २ गतेसम्म स्थानीय नागरिकलाई प्रतिकिलो ५ छुटमा चामल वितरण भइरहेको जिल्लास्थित व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोषकुमार शाहले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गोदामबाट अहिले २५ किलो स्टिमजिरा मसिनो चामल २ हजार एक सय २५ र अरुवा सोना मन्सुली चामल प्रतिबोरा १ हजार पाँच सयमा बिक्री भइरहेको छ । स्थानीयको मागलाई पूर्ति गर्न विगतका वर्षभन्दा यस वर्ष चामलको मात्रा बढाइएको प्रमुख शाहले बताए । गत वर्षसम्म यहाँ वार्षिक रूपमा एक हजार क्विन्टल चामल आउने गरेकामा एक हजार पाँच सय क्विन्टल पुर्‍याइएको उनले जानकारी दिए ।

‘स्थानीयको मागलाई ध्यानमा राखेर यहाँ आउने चामलको मात्रा बढाएका छौँ’ प्रमुख शाहले भने, ‘आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकतामा राखेर चामल बिक्री गरिरहेका छौँ । औसतमा मासिक रूपमा एक सय २५ क्विन्टलसम्म चामल वितरण भइरहेको छ ।’

स्थानीयको मागअनुसार गोदामबाट चिनी पनि वितरण थालिएको प्रमुख शाहले बताए । गोदाममा अहिले स्थानीयलाई वितरणका लागि १० क्विन्टल चिनी मौज्दात रहेको उनले उल्लेख गरे । कार्यालयबाट खाद्यसामग्री वितरणले नागरिकलाई राहतसँगै बजार मूल्यलाई सन्तुलनमा राख्न भूमिका निर्वाह गर्ने विश्वास लिइएको उनले बताए ।

कार्यालयबाट सार्वजनिक बिदाका दिनबाहेक अन्य समयमा नियमित रूपमा चामल वितरण भइरहेको प्रमुख शाहले जानकारी दिए । ‘ँविगतमा चाडबाडका समयकम बढीमात्रामा चामल वितरण हुन्थ्यो’ उनले भने ‘स्थानीयको सहजताका लागि नियमित रूपमा वितरण गरिरहेका छौँ । यसले दुर्गम क्षेत्रबाट आएका नागरिक बढी लाभान्वित भएका छन् ।’

सदरमुकाम बाहिरका स्थानीयका लागि हतुवागढी गाउँपालिकामा बन्द अवस्था रहेको खाद्य डिपोलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख शाहले बताए । सदरमुकाममा आउने चामलको मात्रालाई पाँच हजार क्विन्टल र घोडेटार डिपोमा तीन हजार क्विन्टल पुर्‍याउने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

घोडेटारस्थित खाद्य डिपो १० वर्षे सशस्त्र द्वन्द्वकालमा चामल लुटिएपछि बन्द भएको थियो । पछिल्लो छ महिनाको अवधिमा करिब एक हजार दुई सय क्विन्टल चामल स्थानीयले खपत गरेका कार्यालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्