Skip to content
Shikhar Insurance
National Life

खातामा पैसा नभए पनि आईपीओ भर्नेलाई कारबाही

Hyundai
NCELL
NIMB

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले खातामा पैसा नभए पनि सेयर कारोबार गर्नेहरुलाई कारबाहीको चेतावनी दिएको छ । घोराही सिमेन्टको प्रिमियममा निष्कासन भैरहेको आईपीओमा धेरै लगानीकर्ताहरुले एकाउण्टमा पर्याप्त रकम नहुँदा नहुँदै पनि आवेदन दिएको पाइएपछि सिडिएसले सचेत गराएको हो ।

सिडिएसले खातामा पर्याप्त रकम नहुँदा नहुँदै पनि सेयर भर्नेहरुलाई धितोपत्र ऐन, २०६३ ले जुटा तथा जालसाजीयुक्त कारोबार भनेको व्यवहोरा ख्याल गर्न पनि भनेको छ ।

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले प्रिमियम मूल्यमा जेठ ३२ गतेदेखि आईपीओ निष्काशन गरिरहेको छ । कम्पनीले आवेदन दिने समय पनि थपिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ करोड ११ लाख ६७ हजार रुपैयाँ बराबरको ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गरेको हो । यो आईपीओमा अपेक्षाकृत आवेदन परिरहेको छैन् ।

घोराही सिमेन्टले जानसाजी गरेर आफ्नो सबै सेयर बिक्रि भैसकेको विवरण सार्वजनिक गरेको छ । तर कम्पनीले आईपीओ भर्ने मिति भने थप गरेको छ । कम्पनीको आईपीओ भर्ने हजारौं आवेदकहरुको खातामा पैसा नभएर रिजेक्ट भएको बताईएको छ ।

यस सम्बन्धमा नेपाल धितोपत्र बोर्डले समेत चासो देखाएको छ । आईपीओ सबै बिक्रि भैसक्यो भनेर किन आवेदन गर्ने समय थप गरिएको हो ? भन्नेबारे बोर्डले अध्ययन थालेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्