Skip to content
Shikhar Insurance
National Life

खलङ्गामा वित्तीय साक्षरता कार्यक्रम, बीमा समिति पनि सहभागी

Hyundai
NCELL
NIMB

कर्णाली । नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समितिले जाजरकोट खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विद्यमान नीतिगत व्यवस्था सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समितिका संयोजक राजन कुमार पोखरेल अगुवाईमा आयोजीत कार्यक्रममा सांसद गणेश प्रसाद सिंह, नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश प्रमुख विनय सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, बीमा समिति कर्णाली कार्यालय प्रमुख पदम सोडारी, बैंकका प्रतिनिधिहरु र स्थानियहरुको उपस्थितीमा थियो ।

सो कार्यक्रममा नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्