Skip to content
Shikhar Insurance
National Life

खराब बीमितलाई कालो सूचीमा राख्न बीमा सुचना केन्द्र स्थापना गर्दै समिति

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष भित्रै बीमा समितिले बीमा सुचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ । बीमाको दुरुपयोग गर्दै गैर कानुनी काम गर्ने खराब बीमितलाई कालो सुचीमा राख्ने व्यवस्था गर्न समितिले सो केन्द्र स्थापना गर्न लागेको हो ।

बीमा सुचना केन्द्र स्थापना गरी चालु आव भित्रै सञ्चालनमा ल्याउने तयारी गर्दै बार्षिक कार्यक्रममा राखिएको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए । ‘यो बजेटमा पनि आएको विषय भएको हुँदा चालु आवभित्रै सञ्चालनमा ल्याउने गरी चालु आवको वार्षिक कार्यक्रममा रखेर काम अघि बढाइएको छ,’ समितिका प्रवक्ता पौडेलले सिंहदरबारसँग भने, ‘बीमा सुचना केन्द्र सञ्चालनमा आएपछि बीमा सम्बन्धि सम्पुर्ण जानकारी लिन सकिन्छ ।’

समितिले करिब ३ वर्ष अघि नै बीमा सुचना केन्द्र स्थापना गनृको लागि अध्ययन शुरु गरेको थियो । बैंक तथा वित्तीय संस्थाका ऋण नतिर्ने खराब ऋणीलाई कर्जा सुचना केन्द्रको कालो सुचीमा सुचीकृत गरिए जस्तै बीमा ऐन विपरित काम गर्ने बीमितलाई बीमा सुचना केन्द्रले कालो सुचीमा राख्ने उनले बताए ।
‘कर्जा सुचना केन्द्रमा कालो सूचीको प्रक्रिया जे छ त्यस्तै बीमा सुचना केन्द्रमा पनि हुन्छ, बीमा लेख धितो कर्जा नतिर्ने, पोलिसी खरिद गरी समयमै प्रिमियम नतिर्ने, नियोजित घटना घटाएर दावी भुक्तानी लिने लगायतका बीमा ऐन विपरित काम गर्ने खराब बीमित बीमा सुचना केन्द्रको कालो सुचीमा सुचीकृत हुन्छन्,’ उनले थपे, ‘बीमा सुचना केन्द्को कालोसुचीमा सुचीकृतले समस्या नसुल्झाएसम्म अर्को बीमा कम्पनीमा बीमा गर्न पाउँदैन ।’

बीमा सुचना केन्द्रको कालोसूचमिा सुचीकृत बीमितले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन नपाउने, सरकारी नियुक्ती लगायत कर्जा सुचना केन्द्रको कालो सूचीकै सो सरह गरिने उनले जानकारी दिए ।
‘अहिले बीमा सुचना केन्द्रलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल सुरु भइसकेको छ । यसलाई कर्जा सुचना केन्द्रकै मोडालिटीमा लाने सम्भावना बढी छ । बैंकिङ क्षेत्रको लागि कर्जा सुचना केन्द्र जस्तै बीमा क्षेत्रको लागि बीमा सुचना केन्द्र हुन्छ,’ समितिद्वारा सञ्चालित इस्योरेन्स इन्ष्टिचयुट अफ नेपालमार्फत् सो बीमा सुचना केन्द्र संचालन गर्ने परम्भिक तयारी रहेको उनले जानकारी दिए ।

बीमा सुचना केन्द्रमा ३९ वटा बीमा कम्पनी र २ वटा पुनरबीमा कम्पनीलाई स्टेक होल्डर बनाइने र न्यूनतम २ लाख रुपैयाँसम्म लगानी गर्नुपर्ने व्यवस्था गरिने उनले जानकारी दिए । स्टेक होल्डर बीमा कम्पनीहरुले लगायत सदस्य रहेका सरोकारवालाले बीमा सुचना केन्द्रबाट बीमक, बीमित लगायत बीमा सम्बन्धी सम्पुर्ण जानकारी लिन सक्ने उनले भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE