Skip to content
Shikhar Insurance
National Life

खजुरीमा रेल सङ्ग्रहालय बनाइने

Hyundai
NCELL
NIMB

काठमडौं । नेपालमा पहिलोपटक रेल आएको स्थान धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल सङ्ग्रहालय बनाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खजुरीमा अहिले पनि ब्रिटिस सरकारले छोडेका १० वटा रेल इञ्जिन रहेकाले त्यस क्षेत्रमा सङ्ग्रहालय बनाउन लागिएको जानकारी दिए।

मन्त्री ज्वालाले यसै वर्ष काम सक्ने गरी योजना अगाडि बढाइएको बताउँदै भने, “दश कट्ठा क्षेत्रफलभित्र सङ्ग्रहालय बन्दैछ । तत्कालीन समयमा ल्याइएका रेल राखेर सङ्ग्रहालय बनाइनेछ ।” मान्त्रलयले रेल्वेको जमिनको चारैतिर पर्खाल निर्माण गर्न र अन्य सम्पत्तिको संरक्षण तथा थप अध्ययनका लागि एक प्राविधिक टोली पठाउने लागेको जनाएको छ ।

केही साताअघि मन्त्री ज्वालाले सङ्ग्रहालय बनाउने क्षेत्रको स्थलगत भ्रमण पनि गरेका थिए। भ्रमणलगतै उनले रेल विभाग र रेल्वे कम्पनीसँग गरेको छलफलपछि सङ्ग्रहालय बनाउने निर्णय भएको कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए।

विसं १९९४ मा तत्कालीन ब्रिटिस इन्डिया कम्पनीले पहिलोपटक जयनगरदेखि बिजुलापुरासम्म कार्गो रेल सञ्चालन गरेको थियो । ब्रिटिस इन्डिया कम्पनीले ग्यारेज बनाउन र नेपालको काठ लैजान पहिलोपटक बिजुलापुरामा रेल ल्याएको थियो । फर्किदा स्टिम इन्जिन र डिजेल इन्जिनका १० रेल छोडेको थियो । ती इन्जिनलाई पछि गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्