Skip to content
Shikhar Insurance
National Life

क्विन्टल भनिएको सुन गालेर जोख्दा ६० किलो ७ सय १६ ग्राममात्र

Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आज मंगलबार गालेको छ। महाशाखाले ब्रेक सुबाट सोमबार निकालिएको सुन आज गालेको हो।

सोमबार ब्रेक सुबाट निकालेर तौलिँदा उक्त सुन ६० किलो ७ सय ८९ ग्राम थियो भने तौलिएपछि उक्त सुन ६० किलो ७ सय १६ ग्राम भएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। अहिले ३४ वटा ‘बिस्कुट’ बनाएको उनले बताए।

साउनको २ गते राजश्व अनुसन्धान विभागको टोलीले हङकङबाट ल्याइएको ब्रेक सुमा सुन ल्याइएको सूचना पाएपछि छापा मारेको थियो । त्यसमा करिब क्विन्टल सुन ल्याइएको अनुमान गरिएको थियो । विभागको टोलीले सुरक्षितरुपमा राष्ट्र बैंकको टक्सारमा राखेको थियो ।

सोमबार ब्रेक सु बाट सुन निकालिएको थियो । भने आज सुन गालिएको थियो । राजश्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, राष्ट्र बैंकलगायतका प्रतिनिधि राखेर सुन निकाल्ने र गाल्ने काम गरिएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्