Skip to content
Shikhar Insurance
National Life

क्रोम्पटनको चाडपर्व विशेष अफर सार्वजनिक, होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक

Hyundai
NCELL
NIMB

काठमाडाैं । इन्डियाको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रोम्पटनले यसपालिको दशैं तथा तिहार लक्षित गर्दै क्रोम्पटनको ‘यस दशैं तिहार उपहारै उपहारको बहार’ नामक योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकहरुले क्रोम्पटनका बिभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ भदाै २८ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्यभरि रहेका सिजिका विक्रेताकहाँ गइ उठाउन सक्नेछन् ।

यस योजनाको अवधिभरि हरेक साता एक ग्राहकलाई मिक्सर ग्राइनडर वा इन्डक्सन कुकटप उपहार तथा एक भाग्यशाली ग्राहकलाई Midea को साइड बाई साइड रेफ्रिजिरेटर बम्पर उपहार स्वरूप प्रदान गरिनेछ।

साथै, पुराना भएका सामग्री फेरबदल गरी नयाँ सामान लान चाहाने ग्राहकका लागि समेत कम्पनीले यस योजनाको दौरान एक्सचेन्ज अफरको सुविधासमेत ल्याएको छ। यति मात्र नभई, चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले ‘सिजि लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरु प्राप्त गर्न सक्नेछन्।

नेपाल अधिराज्यभर क्रोम्पटनको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इम्पेक्स रहेको छ । सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्