Skip to content
Shikhar Insurance
National Life

क्रिप्टो कारोबारमा संलग्न ३ विदेशीसहित ५० जना पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौं । अभौतिक मुद्रा कारोबार (क्रिप्टो) मा संलग्न ३ विदेशी नागरिक सहित ५० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रिय अनुसन्धान ब्यूरोबाट भदौ २६ गते खटेका प्रहरी टोलीले उनीहरुलाई ललितपुर महानगरपालिका वडा न. १३ एकान्तकुना, एकतावस्तीबाट पक्राउ गरेको हो ।

क्रिप्टो कारोबारीहरुले कल सेन्टर सञ्चालन गरी नेपाली युवा युवतीलाई पैसोको प्रलोभन देखाई गैरकानुनी रुपमा काम लगाईरहेको सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कल सेन्टरमा प्रयोग गरिएका कम्प्यूटर, मोबाईल लगायतका ईलेक्ट्रोनिक्स उपकरणहरु समेत नियन्त्रणमा लिएकाे छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा सो कल सेन्टरबाट हिंगी, बम्बल, मुस्लिमा, इन्शानाह, सलाम, मुज, ओक्कुपिड, अलखठ्ठा लगायतका डेटिङ एप्सहरुमा विदेशी महिलाको फोटो प्रयोग गरी युरोप, अमेरिका र क्यानडा लगायतका देशहरुका पुरुष व्यक्तिहरुसँग घनिष्ट मित्रता गरी अनलाइन प्लाटफर्म हासप्याकमार्फत विनान्स, टष्ट वालेटलगायतका डिजिटल वालेटहरुमा अमेरिकी डलर जम्मा गरि सो मार्फत गैरकानुनी अभौतिक मुद्रामा लगानी गर्ने गरेको खुल्न आएको सीआईबीको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका विदेशी नागरिक सहित नेपाली व्यक्तिहरू केही समय अगाडि संयुक्त अरब ईमिरेट्समा सोही प्रकृतिको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेको ब्यूरोले जानकारी दिएको छ ।

अनुसन्धान पश्चात घटनामा संलग्न मुख्य ८ (३ विदेशी र ५ नेपाली नागरिक) उपर मुलुकी अपराध संहिता बमोजिम अभौतिक मुद्रा प्रयोग गर्न नहुने सम्बन्धि कसुर अन्तर्गत मुद्धा दर्ता गरी जिल्ला अदालत ललितपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको केन्द्रिय अनुसन्धान ब्यूरोले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

ब्यूरो प्रहरीका अनुसार पक्राउ गरिएका अन्य ४२ जना व्यक्तिहरुको हकमा हाजिर जमानीमा राखी अनुसन्धान भईरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्