Skip to content
Shikhar Insurance
National Life

को हुन् एकैपटक ८ लाख कित्ता बढी सेयर बिक्री गर्न लागेका कुमारी बैंकको ९ जना संस्थापकहरु ?

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ९ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी पर्शुराम कुँवरको नाममा रहेको १ लाख ५ हजार १ सय ५५ कित्ता, रत्न लुईटेलको नाममा रहेको ३८ हजार १ सय ३४ कित्ता, मुकुन्द प्रसाद दाहालको १ लाख ३२ हजार ७ सय ७६ कित्ता, रेवन्त कुमार दाहालको नाममा रहेको १ लाख ४१ हजार ८ सय ६१ कित्ता, सुर्य मानन्धरको नाममा रहेको ८० हजार ८२ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

साथै, रमेश लामिछानेको नाममा रहेको १ लाख २३ हजार ४४ कित, देव कुमारी हुमागाईको ४७ हजार २ सय ११ कित्ता, हरि कृष्ण दाहालको २१ हजार ४ सय ४२ कित्ता र मोहान प्रसाद पाण्डेको नाममा रहेको १ लाख २२ हजार ३० कित्ता सेयर गरी कुल ८ लाख ११ हजार ७ सय ३५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद बिक्री गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाहन भएके ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडमा काठमाडौं नक्साल नागपोखरी वा बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्नेगरी आवेदन दिन सक्नेछन् । सेयरको बिक्री मूल्य भने विक्रेताले तोके बमोजिम हुनेछ ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने सूचनामार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE