Skip to content
Shikhar Insurance
National Life

कोष व्यवस्थापन कम्पनीको साधारण सभा सकियो, ५.२६ प्रतिशत लाभांश

Hyundai
NCELL
NIMB

काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडको वार्षिक साधरणसभा कृषि विकास बैंकको मुख्य कार्यालय रामशाहपथ काठमाडौमा सम्पन्न भएको छ । असार २६ गते शनिबार सम्पन्न साधारण सभाले लगानीकर्तालाई ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीमा अधिकांश शेयरको हिस्सा कृषि विकास बैंकको रहेको छ । कम्पनीको आर्थिक वर्ष २०६४ /०६५ देखि २०७६/०७७ सम्मका आर्थिक विवरणका आधारमा लाभांश दिईएको हो । कम्पनीमा दिर्घ बहादुर अर्यालले अध्यक्षका रुपमा नेतृत्व गरिरहेका छन् ।

साधारण सभाका प्रमुख अतिथि समेत रहेका कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले लामो समयदेखि अड्किएर बसेको कम्पनीको साधारण सभा सम्पन्न गरेर नयाँ अध्याय आरम्भ गराएको र अब कम्पनी नयाँ ढंगले अघि बढ्ने बताए ।

साधरण सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधी  लगायतको उपस्थिति थियो । साथै कम्पनीको संचालक समितिमा एक जना रिक्त संचालक सदस्य पदमा दिल बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

कम्पनीका सञ्चालक सदस्यहरू निर्मल प्रसाद उपाध्याय, सुशिल हुमागाईं, सुर्यप्रकाश हाडा साविक सचालक सदस्य र नयाँ सञ्चालक बस्नेत गरि पाँच सदस्यीय सञ्चालक समिति हुने कृषि विकास बैंकका  प्रवक्ता हिमलाल पाैडेलले जानकार दिए ।
GBIME

प्रतिक्रिया दिनुहोस्