Skip to content
Shikhar Insurance
National Life

कोशीमा एक वर्षमा ९ हजारबढी मुद्दा दर्ता

Hyundai
NCELL
NIMB

झापा । कोशी प्रदेशमा गत आर्थिक वर्षमा विभिन्न अपराधका नौ हजार तीन सय ८७ मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सबैभन्दा बढी एक हजार पाँच सय ७४ सामाजिक अपराधका मुद्दा दर्ता भएका हुन् ।

कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले गत आवमा आत्महत्याका एक हजार पाँच सय ५४, लागुऔषधका एक हजार २९, बैंङ्किङ कसुरका एक हजार चार, चोरी तथा डकैतीका सात सय ५३, जबरर्जस्ती करणीका पाँच सय १७, ठगीका दुई सय ८५ र कत्र्तव्य ज्यानका एक सय १६ वटा मुद्दा दर्ता भएका जानकारी दिए ।

उनका अनुसार जबरर्जस्ती करणी उद्योगमा एक सय १३, कीर्तेसम्बन्धी ४४, साइबर अपराधका २४, मानव बेचबिखन ११ र अन्य दुई हजार तीन सय ५३ मुद्दा दर्ता भएका छन् । प्रहरीले एक वर्षको अवधिमा दुई हजार तीन सय ८५ जना फरार अपराधी पक्राउ गरी ८६ करोड ४८ लाख २९ हजार चार सय २९ राजस्व सङ्कलन गरेको प्रवक्ता दाहालले जानकारी दिए ।

सोही अवधिमा प्रहरीले १४ वटै जिल्लाबाट १० हजार चार सय २० किलो गाजा बरामद गरेको जनाएको छ । साथै, पाँच हजार दुई सय १० रोपनी लगाइएको गाँजाखेती नष्ट गरिएको छ । तीन केजी आठ सय ८० ग्राम ब्राउन सुगर, ८६ ग्राम चरेस, विभिन्न मनोद्वीपक चक्की ७८ हजार तीन सय ३८ वटा, मनोद्वीपक सुई सात हजार तीन सय ८७ एम्पुल र मनोद्वीपक पदार्थ दुई सय २६ बोतल बरामद गरी नष्ट गरिएको प्रवक्ता दाहालले बताए ।

प्रहरीले गत आर्थिक वर्षमा भन्सार चोरी तस्करी सामान नियन्त्रण गरी १२ करोड, ३८ लाख ११ हजार दुई सय १६, प्राकृतिक सम्पदा नदीजन्य पदार्थ दोहन नियन्त्रणबाट ४४ लाख १९ हजार एक सय ३५ र अवैध वन पैदावर नियन्त्रणमार्फत ८० लाख ९७ हजार एक सय ६५ राजस्व सङ्कलन गरेको जनाएको छ । प्रवक्ता दाहालका अनुसार जरिवाना तथा राजस्व सङ्कलन गरी कोशी प्रदेश प्रहरीले एक वर्षमा १ अर्ब १८ करोड ५७ लाख दुई सय ५१ राजस्व सरकारको कोषमा जम्मा गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्