Skip to content
Shikhar Insurance
National Life

कोभिडसँग जुध्न सरकारले १२ वटा अस्पताललाई दियो ८ करोड १० लाख रुपैयाँ

Hyundai
NCELL
NIMB

काठमाडौं । अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक,  एचडियु जडान  र पीसीआर मेसिन खरिदका लागि थप १२ अस्पतालले ८ करोड रूपैयाँ पाएका छन् । अर्थ मन्त्रालयले सोमबार त्रिवि शिक्षण अस्पतालसहित १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो आइतबार यी अस्पतालमा रकम पठाउन सहमति माग गर्दे अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो । स्वास्थ्यको माग अनुसार त्रिवि शिक्षण अस्पताललाई ८० लाख,  जिल्ला अस्पताल चौतारालाई ७५ लाख,  जिल्ला अस्पताल दैलेखलाई ७५ लाख,  जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँ दिइएको हो ।

यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख,  रामेछाप अस्पतालका लागि ७५ लाख,  चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख,  टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ रुपैयाँ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुसार अर्थ मन्त्रालयले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्