Skip to content
Shikhar Insurance
National Life

कोभिडविरूद्धको खोप कार्ड बोकेर नहिँडे चिया पसल पनि छिर्न नपाइने, कहाँकहाँ कार्ड अनिवार्य ?

Hyundai
NCELL
NIMB

काठमाडौं । अबदेखि चिया पसल प्रवेश गर्दा पनि कोरोनाविरूद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । कोरोना भाइरसको ओमिक्रोनले विश्वभर आक्रान्त पारिरहेका बेला नेपाल सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने, रेस्टुरेन्ट लगायत सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भाइरसविरूद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेकोहो ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो । सीसीएमसीसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

साथै कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ यात्रा, पार्क आदि प्रवेश गर्न पनि खोप लगाएको कार्ड देखाउनुपर्ने भएको हो । खोप लगाएको कार्डको सक्कल वा मोबाइलमा फोटो देखाएर यी स्थानमा प्रवेश गर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्