Skip to content
Shikhar Insurance
National Life

के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटको नाममा कारोबार गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । अबदेखि के.सी.एल.अस्ट्यूट क्यापिटलले गरिमा क्यापिटलको नाममा कारोबार गर्ने भएको छ । गरिमा विकास बैंकको ५१.२०% शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटलले साविक के.सी.एल. अस्ट्यूट क्यापिटललाई जर्मर गरी गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण गरेको हो ।

जसअनुसार अब के.सी.एल.अस्ट्यूट क्यापिटलले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटलको नाममा सञ्चालन हुनेछन् ।

संस्थाको नाम परिवर्तन सम्बन्धी औपचारिक जानकारी सम्पूर्ण सरोकारवालाहरु समक्ष सम्प्रेषण गर्ने प्रयोजनार्थ पत्रकार सम्मेलन आयोजना भएको थियो ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडबाट लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह हुँदै आएकोमा अब निकट भविष्यमा नै गरिमा क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिस्ट्रेसन , संस्थागत परामर्श तथा सामूहिक लगानी कोष, प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल, हेज फण्ड लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्नेछ ।

गरिमा क्यापिटलका सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुने व्यवस्था मिलाइनेछ । संस्थाले अफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्