Skip to content
Shikhar Insurance
National Life

केही दिनमै खुशीको खबर आउँछ, १२ करोडको सिमा वृद्धि हुन्छ: अध्यक्ष हमाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजी बजारका लागि केही दिनमै खुशीको खबर आउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र बोर्डबिच लगानी सचेतना सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै बोर्ड अध्यक्ष हमालले केही दिन भित्रै पुँजी बजारका लगानीकर्ताले खुशीको खबर सुन्न पाउने बताएका हुन ।

लगानीकर्ताको मनोबल उकास्न आफुले बित्तीय ब्यवस्थापन समितिको बैठकमा पुँजी बजारका लगानी कर्ताको मनोबल उकास्ने प्रस्ताव लिखित रुपमा दर्ज गराएको जानकारी दिए । ‘मैले वित्तीय ब्यवस्थापन समितिको बैठकमा पुँजी बजारका लगानी कर्ताको मनोबल उकास्ने प्रस्ताब लिखित रुपमै दर्ता गरेको छु, नेपाल राष्ट्र बैंकका गभर्नर साब संग पनि छलफल गरेको छु, केही दिनमा खुसीको सन्देश आउँछ’ अध्यक्ष हमालले भने ।

अध्यक्ष हमालले नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटेर सेयर धितो कर्जाको ब्यक्तिगत सिमा १२ करोड बाट वृद्धि गर्नु पर्ने र संस्थागत लगानी कर्ताका लागि त्यस्तो सिमा हटाउनेबारे छलफल गरेको जानकारी दिए ।

आफ्नो प्रस्तावमा गभर्नर सकारात्मक रहेको र केही दिनमा पुँजी बजारका लगानी कर्ताको हित हुने र मनोबल उकास्ने गरि निर्णय आउने दावी पनि गरे । उनले हकप्रद सेयर जारी गर्दा बजार वृद्धि हुने अनौठो अवस्था नेपालको पुँजी बजारमा देखिएको पनि बताए ।

‘नेपालमा हकप्रद सेयर जारी गर्दा सेयरको मुल्य वृद्धि हुन्छ, संसारका अरु देशमा हकप्रद सेयर दिदा मूल्यमा गिरावट आउँछ । एक सय रुपैयाँको लगाउने भनिएको कम्पनीमा अर्को सय रुपैयाँ लगानीमा गर्दा पनि बजार बढ्ने कुरा अनौठो हो ।’ अध्यक्ष हमालले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्