Shikhar Insurance
National Life

‘केपी ओली र देउवाको भ्रष्टाचारी र बिचौलियासँग उठबस छ’- पुर्व अर्थमन्त्री पुन

सिंहदरबार संवाददाता
२०८१ पुष ११, बिहीबार २२:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । भ्रष्टाचारी जोगाउन बिचौलियाहरुले काँग्रेस र एमाले मिलाएर वर्तमान सरकार  बनाएको माओवादी उपमहासचिव तथा पुर्व अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । बिचौलियाहरुले बनाएको सरकार भन्ने  भन्ने आफूहरुको आरोप  घटनाक्रमहरुले पुष्टि गरेको बताएका हुन् ।

दायाँबायाँ आधादर्जन बढी भ्रष्टाचार र अनियमिततामा मुछिएका मन्त्रीहरुले घेरिएर आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भाषण बन्द गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अगाडि फर्किएर भ्रष्टाचारीको मुख हेर्दिन भन्ने ओलीलाई दायाँबायाँ उभिएका आफ्ना मन्त्रीका अनुहार हेर्न उनले सुझाए । ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको उठबस बिचौलिया र अनियमितता गर्नेस्वार्थ समूहसँग रहेको आरोप उनले लगाए ।

ज्ञानेन्द्र शाहले लात हानेका बेला आफूहरुले सहकार्यको हात दिएपछि जनताले तत्कालीन अवस्थामा काँग्रेस र एमालेलाई माफी दिएको भन्दै पुनले भ्रष्टाचारी चरित्र सुधार नगरे ती दुई पार्टीलाई जनताले दण्डित गर्ने टिप्पणी गरे ।

भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध खबरदारी गर्ने र पार्टीलाई परिस्कृत गरी नयाँ जीवन दिने काममा आफूहरु लागेकाले प्रतिनिधिसभाको यो कार्यकालभरि सरकार प्राथमिकतामा नरहेको उनको स्पष्टोक्ति थियो ।

माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्नेहरुलाई गत महिना सम्पन्न स्थानीय तहको उपनिर्वाचनले राम्रो जवाफ दिएको पुनले उल्लेख गरे । ०८४ को निर्वाचनमा वडादेखि प्रतिनिधिसभासम्म एक्लै चुनाव लड्ने गरी अहिल्यैदेखि तयारी थालिएको उनले बताए ।

माओवादी केन्द्र जलजला गाउँपालिका, पर्वतको तेश्रो अधिवेशन उदघाटन गर्दै पुनले  भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरुको आर्थिक विकासबाट नेपालले आर्थिक लाभ लिन सक्ने उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्