Skip to content
Shikhar Insurance
National Life

केपी ओलीले गल्ति स्वीकार गरे भने हामी नकारात्मक हुन्नौंः माधव कुमार नेपाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले गल्ति स्वीकार गरे भने आफुहरु नकारात्मक नहुने बताएका छन् ।
सम्पादकहरुसँगको छलफलमा उनले ओली र एमालेको नाम नलिई पटक पटक गल्ति गर्नेहरुले रिअलाइज गरेमा आफुहरु जीवनभर नकारात्मक हुने पक्षमा नरहेको बताएका हुन् ।

‘अकौे पक्ष जसले संबिधान मिच्ने काम गर्यो, पटक पटक संसद विघटन गर्यो, त्यो पक्षले गल्ति कमजोरी कति महशुस गर्यो भन्ने कोणबाट हेर्दा कहिँ कतै गल्ति महशुस गरेको छैन्, जे गरियो गज्जब गरियो भनिसकेपछि कुरा मिल्ने देखिएन, उनीहरुले रियलाइजेशन गरेको कहिँ भन्काृ पाउनु भएको छ भने यसो हामीलाई पनि सुनाईदिनु होला, त्यसपछि हामी पनि जीवनभर नकारात्मक भैरहनुपर्ने आवश्यकता छैन् ।’, अध्यक्ष नेपालले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्