Skip to content
Shikhar Insurance
National Life

केपी ओलीको गृहनगर झापामा राप्रपाले हलो गाड्यो, एमाले पराजित

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा राप्रपा विजयी भएको छ । एमालेको गढक भत्काउँदै राप्रपाका मेयर उम्मेदवार राम थापाले मेयर जितेका हुन् । थापालाई सत्ता गठबन्धनमा आवद्ध काँग्रेस, माओवादी, एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

राप्रपाका थापाले १६ हजार २२७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १५ हजार ८३४ मत प्राप्त गरेकी छिन्।

उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १५ हजार ७२९ मत प्राप्त गरेर विजयी बन्दा एमालेका अम्विकाप्रसाद खनालले १५ हजार ५३२ मत प्राप्त गरेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्