Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंक र दराज वीच ईकम सुविधा सञ्चालन गर्ने सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैक लिमिटेडले दराज अनलाइन संग ईकम अनलाईन कारोवार गर्ने  सम्झौता गरेको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा बैंकको तर्फवाट बैंकका उपमहाप्रवन्धक तथा प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदी तथा दराज अनलाइनको तर्फवाट अनलाईन पेमेन्ट प्रमुख अरुण फुयाँलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

आधुनिक प्रविधिको विस्तारसंगै आफ्ना ग्राहक बर्गहरुलाई आधुनिक बैंकिङ्ग सेवाको पहुँच पु¥याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवाहरु उपलव्ध गराउन उक्त सम्झौता भएको बैंकले जनाएको छ ।

सो सम्झौता कार्यक्रममा बैकका उच्च पदस्थ कर्मचारीहरको संलग्नता रहेको थियो । सम्झौता पश्चात कृषि विकास बैकका डेविट तथा क्रेडिट कार्डबाहक ग्राहकहरुले दराज अनलाईनले उपलव्ध गराएको अनलाईन प्लेटफर्म मार्फत बस्तु तथा सेवा खरिद गर्न सक्नेछन् ।

जसका लागि बैकका कार्डबाहकहरुले नजिकैको शाखा कार्यालयहरुमा गई केवाइसी, आफ्नो मोवाईल नम्वर तथा ईमेल ठेगाना अद्याबधिक गर्नु पर्नेछ । हाल बैकले ईकम रजिष्टे«सन सेवा निशुल्क उपलव्ध गराएको छ । यसले गर्दा अनलाईन प्लेटफर्म मार्फत वस्तु तथा सेवा खरिद गर्न सक्ने भएकोले यसवाट कृषि विकास बैंकका ग्राहकहरुलाई सुविधा प्राप्त हुने र बैंक तथा दराज अनलाईनका ग्राहकहरुले थप सुविधा पाउने अपेक्षा बैंकले गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्