Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकले हिमालयन बैंकसँग मिलेर गर्‍याे पीओएस सेवा सुरु

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकको व्यावसायिक कारोबार गर्ने ग्राहकलाई लक्षित गरी पीओएस सेवा सुरुवात गर्ने हिमालयन बैंकबीच सम्झौता गरेको छ ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बोल्दै दुवै बैंकका प्रमुख कार्यकारी अधिकृतले यो सेवा लागू भएपछि कृषि विकास बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई मर्चेन्ट बनाई भिजा, मास्टरकार्ड, युनियन पेजस्ता नेटवर्क आबद्ध डेविट तथा क्रेडिट कार्डवाहक ग्राहकहले कृषि विकास बैंकको मर्चेन्टलाई आफूले खरिद गरेको वस्तु तथा सेवा वापतको भुक्तानी सहज रुपमा गर्न सक्ने विचार व्यक्त गरेका छन् ।

त्यसैगरी यसबाट व्यावसायिक कारोबार गर्न सहज हुनुका साथै कृषि विकास बैंकको निक्षेप परिचालनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । उक्त सम्झौता कार्यक्रममा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक प्रताप सुबेदी, डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख गिरीराज रेग्मीलगायतको उपस्थिति थियो भने हिमालयन बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मीलगायत अन्य कर्मचारीको समेत उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्