Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकद्वारा शाखा कार्यालय मेलम्चीलाई सिसिटिभि वितरण

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले इलाकाप्रहरी कार्यालय, मेलम्ची, सिन्धुपाल्चोकलाई सिसिटिभि वितरण गरेको छ । बैंकले मेलम्चि बजार क्षेत्रमा हुने चोरी डकैति, दुर्घटना, लागु औषध सेवन, लगायत विभिन्न वित्तीय अपराधहरु जस्ता कार्यको निगरानी गर्र्नका लागि सिसिटिभि प्रदान गरेको हो ।

कार्यक्रममा सिसिटिभि हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको नियमित सेवाका अतिरित्त संस्थागत सामाजिक उत्तरदायित्वबाट सामाजिक कार्यमा सहभागीता जनाउन पाँउदा बैंक गौरवान्वित रहेको र यस प्रकारको सानो सहयोगले शान्ती सुरक्षा कायम राख्न ठुलो योगदानदिन सक्ने धारणा राखे ।

बैंकले यस क्षेत्रमाकरिव १ अर्ब बराबरको कर्जा लगानी गरी विकट ग्रामिण क्षेत्रका जनताको कर्जा आश्यकता पुरा गरी कृषि उत्पादनमा सकारात्मक योगदान दिएको व्यहोरा उल्लेख गरे ।

कृषि विकास बैंक जस्तो ग्रामिण भेगमा गएर खेत वारी धितोको आधारमा कर्जा दिने अन्य कुनै बैंक नरहेको विचार व्यक्त गर्दै बैंकबाट लिएको कर्जा समयमानै भुक्तानी गर्न सामाजिक सचेतनाको लागि स्थानीयनिकाय, प्रहरी, नागरीक समाज, राजनैतिक संघ संगठन आदिलाई उनले अनुरोध गरे ।

उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, उप-महाप्रवन्धक, वागमतिप्रदेश निर्देशक, मेलम्चि शाखाका प्रवन्धक प्रज्वल भट्टराई लगायतको उपस्थिती रहेको थियो भने इलाकाप्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक कुमार चौलागाई लगायत विभिन्न सुरक्षाकर्मीहरुको उपस्थीती रहेको थियो ।

बैंकले समग्र कृषि तथा कृषि कार्यका लागि कर्जाका विभिन्न प्रोडक्टहरु मार्फत सम्पन्न देखी विपन्न वर्ग सम्मलाई कृषि तथा अन्य व्यवसायिक, व्यक्तिगत तथा संस्थागत कर्जा प्रवाह गरी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्