Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकद्वारा भण्डारी बाटिकालाई ५ लाख सहयोग

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बिहीबार मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई आर्थिक सहयोग गरेको छ।

सुविधानगर, काठमाडौंस्थित बाटिकामा पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आयोजित चेक हस्तान्तरण कार्यक्रममा बैंकका बागमती प्रदेश कार्यालयका मुख्य निर्देशक (उपमहाप्रबन्धक) निर्मलकुमार उपाध्यायले समितिका अध्यक्ष तथा पूर्वकानुनमन्त्री अग्निप्रसाद खरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पौडेलले संस्थागत सामाजिक उत्रदायित्वअन्तर्गत कृषि विकास बैंकले वाटिकालाई आर्थिक सहयोग गरेर सत्कर्म गरेकामा धन्यवाद व्यक्त गरे । कार्यक्रममा बैंकको सञ्चालन तथा वजार व्यवस्थापन विभागका विभागीय प्रमुख निराज पोखरेल, कोटेश्वर शाखाका प्रबन्धक खेटराज दाहाल, सञ्चालन तथा वजार व्यवस्थापन विभागका वरिष्ठ ऋण अधिकृत शान्तिराम भट्टराईलगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्