Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकद्वारा ‘ग्लोबल मनी विक’ कार्यक्रम संचालन

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले  ‘ग्लोबल मनी विक’ कार्यक्रम संचालन गरेको छ । बैंकले काभ्रे पाँचखाल नगरपालिकामा रहेको सर्वमंगला माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा बैंकका उप महाप्रवन्धक यज्ञ प्रकाश न्यौपानेले वित्तीय साक्षताका सम्बन्धमा बैंक, बैंकका सेवाहरु, विद्युतिय बैंकिंग सेवा, कर्जा, निक्षेप, एजेन्सि सेवा लगायत अन्य विषयका बारेमा जानकारी दिए । विद्यार्थिहरुलाई बैंक खाताको महत्व, खाताबाट कारोबार गर्दा हुने फाईदा, विद्युतिय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्बन्धमा जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंक तथा वित्तीय संस्था मार्फत कारोबार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्रा (ग्रेट मनी) का माध्यमबाट वातावारण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्धेश्य रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्