Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकद्धारा लाभांश लिन सेयरधनीलाई आग्रह

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश लिन बाकी सेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको छ ।

बैंककले विभिन्न साधारण सभाबाट पारित गरेको लाभांश सेयरधनीहरुको हितग्राही खातामा  बैंक खातामा जम्मा हुने व्यवस्था गरेको थियो तर, केही सेयरधनीहरूले हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएपछि बैंकले सूचना जारी गर्दै अद्यावधिक गराउन आग्रह गरेको छ ।

सेयरधनी आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि) मा सम्पर्क गरी सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न आग्रह गरेको छ । बैंक खाताको विवरण अद्यावधिक गर्दा त्रुटी भई लाभांश प्राप्त नगरेका सेयरधनीहरूलाई पनि विवरण सच्याउन आग्रह गरिएको छ ।

साथै, पाँच वर्षसम्म पनि लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएमा उक्त लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने व्यवस्था रहेको कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्