Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकको १८ औं वार्षिक साधरण सभा सम्पन्न

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ १८ औं वार्षिक साधरण सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा पुस २९ गते सोमबार सम्पन्न भएको हो ।

बृहत कार्य संजालद्धारा आफ्ना वस्तु/सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ्ग सेवा पुर्‍याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको कृषि विकास बैंक लिको अठारौ वार्षिक साधरण सभा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त साधरण सभामा वक्ताको रुपमा भाग लिएका सेयरधनी महानुभावहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष रामशरण पुडासैनीले स्पष्ट पार्नुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।

सेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु क्रमश दीर्घराज मैनाली, डा.हरी बहादुर के.सी., गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई , श्रीमति रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो भने साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्