Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकको सीईओ बन्न २२जनाकाे आवेदन, सिभिल छाडेका गुरुङदेखि सीडीएससीका आचार्यसम्म

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)का लागि २२ जनाको आवेदन परेको छ । तोकिएको समय माघ १५ गतेसम्ममा २२ जनाले आवेदन दिएका हुन् । सिभिल बैंकका पूर्व सीईओ गोबिन्द गुरुङदेखि सीडीएससीका सीईओ पूर्ण प्रसाद आचार्यसम्मको आवेदन परेको छ ।

नेपाल सरकारका पूर्व सह सचिवदेखि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकहरुको समेत आवेदन परेको छ । बहुमत सेयर स्वामित्व नेपाल सरकारको रहेको बैंकको सीईओबाट अनिल उपाध्याय बाहिरिएपछि नयाँ सीईओ नियुक्तीको प्रक्रिया अघि बढेको थियो ।

सिभिल बैंकका पूर्व सीईओ गोबिन्द गुरुङ, सीडीएससीका सीईओ पूर्ण प्रसाद आचार्य, बैंककै डिजिएमद्धय प्रताप सुवेदी र यज्ञ प्रकाश न्यौपाने, राष्ट्रिय बाणिज्य बैंकका पूर्व डेपुटी सीईओ कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, बिष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी, बद्रि गुरागाईँ, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्व प्रकाश सुवेदी, अशोक कुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईँ, अरुण कुमार ढुंगाना र प्रमोदबाबु तिवारी रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्