Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकको अध्यक्षमा रमेश कुमार केसी नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव रमेश कुमार केसी नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चालक समितिले उनलाई पुस ५ गतेदेखि लागू हुने गरी अध्यक्ष पदमा नियुक्त गरेको हो । उनी हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत छन् ।

नव नियुक्त अध्यक्ष केसीलाई राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन् ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु क्रमशः डा. निलम ढुंगाना तिम्सेना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुिक्त प्रसाद सापकोटा, कृषि विकास बैंकका संचालक समिति सदस्य संजिव पौडेल, डा. इन्दिरा मास्के श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेतको उपस्थिती थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्