Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले नेपालको अग्रणी अनलाइन ई-कमर्स प्लेटफर्म दराज नेपालले महाबचत बजार अभियानका लागि विभिन्न प्रकारका छुट सेवाहरू उपलब्ध गराउन दराज नेपालसँग सम्झौता गरेको छ ।

दराज नेपाल अनलाइन ई-कमर्स प्लेटफर्म हो । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख सञ्चालन अधिकृत, प्रताप सुबेदी र दराजका हेड अफ पेमेन्ट, अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।

दराज अनलाइन प्लेटफर्ममा ग्राहकहरुका लागि उपभोग्य सामग्री जस्तै खाद्य सामग्री, मसलाजन्य, इलेक्ट्रिकललगायत त्यसमा उपलब्ध सम्पूर्ण सामानहरु खरिदमा कृषि विकास बैंकको कार्ड प्रयोग गर्दा ग्राहकले उल्लेख्य छुट पाउनेछन् ।

सम्झौताबमोजिम महाबचत बजार अभियानमा ग्राहकहरूले अब प्रि-पेमेन्टमा १० प्रतिशत अधिकतम १ हजार रूपैयाँ बराबरको छुट पाउन सक्नेछन् । त्यसैगरी, दराजबाट खरिद गर्दा उनीहरुले अब १५ प्रतिशत अधिकतम १५ सय रूपैयाँको पनि छुट पाउनेछन्।

ग्राहकहरूले तोकिएको छुटहरुको लाभ लिनको लागि आफ्नो बैंक कार्डमा ई-कम सेवा सक्रिय गर्नुपर्नेछ । कृषि विकास बैंक र दराजबीच भएको यस सम्झौताले दुवै पक्षका ग्राहकहरूलाई महाबचत बजारमा छुटको भरपुर लाभ लिन सहज बनाने बताइएको छ ।

उक्त छुट योजना २० देखि ३० जुलाईसम्म उपलब्ध हुने बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्