Skip to content
Shikhar Insurance
National Life

कृषि विकासले गर्‍यो सरकारी बैंकले यसअघि नगरेको काम, अनलाइनबाटै यति धेरै काम गर्न सकिने

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले शुक्रबारबाट नयाँ सेवा सुरु गरको छ । बैंकले अनलाइनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रयाले खाता खोल्ने प्रणालीको शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गरे ।

यस सेवा अन्तरगत बैंकमा खाता भएका ग्राहकहरुले बिना झण्झट अनलाइनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सीआरएन, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटीएम कार्ड सेवाका लागि निवेदन दिन सक्नेछन् । बैंकमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेशबाट अनलाइन निवेदनका आधारमा उक्त सेवाहरुको लागि अनुरोध गर्नसक्ने गरी नयाँ प्रविधिको सुरुवात गरेको हो ।

यसबाहेक बैंकमा खाता नभएका ग्राहकहरुले समेत देश विदेशबाट अनलाइनका माध्यमबाट समेत चल्ती, बचत खातासहित सवै सेवाहरु अनुरोध गर्न सक्नेछन् । यो सेवा सुरु भएपछि अनलाइनका माध्यमबाट सेवा अनुरोध गर्न सकिने छ भने कोभिडको यस माहामारीको अवस्थामा सेवा उपयोगका लागि बैंक धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । कृषि विकास बैंकसँग जोडिन यस प्रकारका सेवाहरुले थप सहजता प्रदान गर्ने विश्वास बैंक व्यवस्थापनले लिएको छ ।

यस प्रकारको सेवा सुरु भएपिछ स्वचालीत रुपमा इमेल तथा एसएमएसका माध्यमबाट ग्राहकलाई जानकारी गराउने व्यवस्था यो प्रणालीमा रहेको छ । साथै कृषि विकास बैंकमा खाता भएका र ग्राहक पहिचान विवरण अद्यावधिक भएका ग्राहकले बिना झन्झट यो सेवा समयमा नै उपयोग गर्न सकिन्छ । यो सेवा उपयोगका लागि ३६५ दिन नै २४ घण्टा नै अनलाइनमार्फत अनुरोध गर्न सक्ने व्यवस्था गरेको छ । यो सेवा पश्चात वैक ग्राहक वीचको सम्वन्ध थप दरिलो हुने विश्वास बैंकले लिएको छ ।

यस सेवा पश्चात सेयर कारोवारमा सहजता प्रदान हुने, बैंकमा खाता भएका ग्राहकहरुले थप ग्राहक पहिचान विवरण पेश गर्नु नपर्ने, नावालकहरुको खाता खोल्न सहजता हुने, खाता खोल्न बैंक समक्ष पुग्नु नपर्ने, मोवाईल तथा इन्टरनेट बैंकिङ्गका लागि आवेदन दिन सकिने छ । यसरी एकै निवेदनबाट बहुसेवामा पहुँच पुर्‍याउन सकिने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो हो ।

उक्त सेवाको शुभारम्भ कार्यक्रममा बैंक उप–महाप्रबन्धकहरु क्रमशः प्रताप सुवदी, यज्ञप्रकाश न्यौपाने, ध्रुबचन्द्र गौतम , दीर्घबहादुर अर्याल, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल बैंक विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिती थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्