Skip to content
Shikhar Insurance
National Life

कृषि बीमामा नेकोको एग्रेशिभ अभियान, बीमा समिति भन्छः अरुले पनि सिक्नुपर्छ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले कृषि बीमालाई अभियानकै रुपमा अघि बढाउने भएको छ । कम्पनीले ‘नेकोको अभियान, कृषिमा योगदान’ नाम दिएर देशव्यापी अभियान थालेको हो । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले नेकोको कृषि बीमा सम्बन्धी अभियानको सुभारम्भ गर्दै अन्य कम्पनीहरुले पनि सिक्नु आवश्यक रहेको बताए ।

अध्यक्ष सिलवालले किसानहरुलाई आत्म सम्मानसहित बाच्ने सुनिश्चितता दिलाउनका लागि कृषि बीमाले सहयोग गर्ने बताए । अध्यक्ष सिलवालले कृषि बीमाका कारण किसानहरुले थप गरिबीको चक्रमा फस्नु नपर्ने दावी पनि गरे । ‘कृषि बीमाले अन्नवाली नष्ट हुँदा वा पशु मर्दा अर्काे बाली लगाउन तथा अर्काे पशु किन्नका लागि थप ऋण लिनुपर्ने अवस्थाको अन्त्य गर्छ, जसले किसानलाई थप ऋणको भारीमा बोक्नबाट मुक्त गराउँछ’, अध्यक्ष सिलवालले भने ।

उनले नेको इन्स्योरेन्सले आरम्भ गरेको कृषि बीमा सम्बन्धी अभियान अन्य कम्पनीहरुले पनि तत्कालै सुरु गर्नुपर्नेमा जोड दिए । ‘नेकोले ठिक समयमा ठिक अभियान सुरु गरेको छ, अरुले पनि सिक्नुपर्छ, नत्र हामी छोड्नेवाला छैनौं’, अध्यक्ष सिलवालले भने । बहुसंख्यक नागरिक संलग्न रहेको कृषि पेशामा बीमा कम्पनीहरुका लागि पनि ठूलो बजार उपलब्ध रहेको उनको भनाई थियो । संघीय सरकारले ८० प्रतिशत प्रिमियम अनुदानमा दिएपछि प्रदेश र स्थानीय तहहरुले प्रचार प्रसारमा खर्च गर्नुपर्नेमा उनले जोड दिए ।

अनुदानमा प्राप्त हुने ८० प्रतिशत प्रिमियम पनि पोलिसीसँगै उपलब्ध हुने गरि स्थानीय तहमा पठाउनेबारे छलफल भैरहेको जानकारी पनि अध्यक्ष सिलवालले दिए । ‘यसमा उधारो बीमाको कुरा छ, हामीले मन्त्रालयसँग छलफल गरिरहेका छौं, अनुदानको रकम पनि स्थानीय तह मार्फत पोलिसी जारी हुँदा नै उपलब्ध हुने व्यवस्था मिलाउन प्रयास जारी छ’, अध्यक्ष सिलवालले भने । उनले दावी भुक्तानी जति जाँडो गर्न सकियो बीमा प्रति किसानको त्यति नै आकर्षण बढ्ने पनि बताए ।

कार्यक्रममा बीमा समितिकै कार्यकारी निर्देशक राजुरमण पौडेलले कृषि बीमाले किसानहरुको आत्म विश्वास बढाउने बताए । चालु आर्थिक वर्षको बजेटले बीमालाई उत्पादन र उत्पादकत्वसँग जोड्ने भनेको र नेकोको अभियान सोही तर्फ केन्द्रित भएकोमा खुसी समेत व्यक्त गरे । समितिले कृषि बीमा अभियानलाई अघि बढाउन सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) अशोक खड्काले कृषि प्रदान देशमा किसानलाईका लागि कृषि बीमा अभियान अघि बढाएको बताए । उनले तत्काललाई कृषि बीमा अभियान घाटाको व्यवसाय भए पनि किसानहरुको जीवनस्तर उकास्दै अघि बढ्न सक्दा नाफाको व्यवसायमा रुपान्तरित हुने दा्वी पनि गरे । ‘यो अहिलेका लागि घाटाको अभियान हो, किसानहरुको उत्थान हुन्छ, अर्थतन्त्रलाई टेवा पुग्छ, नागरिक धनी भएपछि बीमा फस्टाउँछ’, सिईओ खड्काले भने ।

उनले कृषि उत्पादन बढाउन र आयात घटाउन पनि बीमा अभियानले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले नेको इन्स्योरेन्सका सबै शाखाहरुबाट कृषि बीमा अभियानलाई एग्रेशिभ रुपले अघि बढाउने पनि बताए ।

कार्यक्रममा बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले कृषिप्रधान देश भएकाले नेपालमा कृषकको लागि कार्यक्रमहरु अघि बढाउन जरुरी रहेको बताए । सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओसमेत रहेका उनले कृषि बीमा कम्पनीहरुका लागि पनि व्याकअपको रुपमा रहने र यसले कम्पनी तथा बीमित दुवैलाई हित गर्ने दावी गरे ।
बीमा समितिका निर्देशक सुशिलदेव सुवेदीले नेको इन्स्योरेन्सको अभियानले कृषि बीमा प्रवद्र्धनमा सहयोग पुग्ने बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्