Skip to content
Shikhar Insurance
National Life

कृषि ज्ञान केन्द्र मनाङमार्फत ७५ प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

Hyundai
NCELL
NIMB

मनाङ । मनाङका कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट कृषि ज्ञान केन्द्र मनाङमार्फत ७५ प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको हो ।

निर्देशनालयले मनाङमा चालु आर्थिक वर्षमा १३ हजार पाँच सय ४० बिरुवा वितरण गरेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राजेश्वर सिलवालले जानकारी दिए। उनका अनुसार कार्यालयले उच्च घनत्व (हाइडेन्सिटी) प्रविधिमा आधारित स्याउका बिरुवा वितरण गरिएको छ ।

कृषकलाई जोनाप्रिन्स ४ हजार ५ सय ५०, गाला चार हजार पाँच सय ३०, फुजी दुई हजार दुई सय ५०, रेड डेलिसियस एक हजार चार सय ३० र गोल्डेन डेलिसियस सात सय ८० प्रजातिका बिरुवा वितरण गरिएको प्रमुख सिलवालले बताए। इटालीबाट मनाङसम्म ल्याउँदा प्रतिबिरुवाको एक हजार ७९ परेकामा किसानलाई प्रतिबिरुवा दुई सय ६९ मा वितरण गरिएको उनले बताए।

कार्यालयका अनुसार इटालीबाट ल्याइएका स्याउका बिरुवा कृषि फार्म, कृषक, कृषि कम्पनीलाई ७५ प्रतिशत अनुदानमा वितरण गरिएको छ । बढी स्याउ उत्पादन हुने ङिस्याङ गाउँपालिकाका किसानलाई ११ हजार आठ सय ४०, नासों गाउँपालिकामा एक हजार पाँच सय ७० र चामे गाउँपालिकामा एक सय ३० बिरुवा वितरण गरिएको हो ।

पछिल्लो समय मनाङमा जनघतत्व प्रविधिको स्याउ खेतीमा किसानको आकर्षण बढ्दो रहेको प्रमुख सिलवालले बताए। ङिस्याङ–१ भ्राताङस्थित एग्रो मनाङ प्रालिले नेपालमै पहिलो पटक हाइडेन्सिटी प्रविधिका स्याउका बिरुवा ल्याएको उनले बताए। यसले गर्दा यस प्रविधिको खेतीमा किसानको आकर्षण बढ्न थालेको उनले बताए ।

मनाङमा मात्रै नभएर मुस्ताङ, जुम्ला, सोलखुम्बु, गोरखा, कालीकोट, मुगुलगायत जिल्लामा हाइडेन्सिटी प्रविधिको स्याउ खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । हाइडेन्सिटी स्याउका बिरुवा विदेशबाट ल्याउँदा महँगो पर्ने र विभिन्न रोग भित्रिन सक्ने सम्भाव्यतालाई दृष्टिगत गरी नेपालमै यस प्रविधिका स्याउका बिरुवा उत्पादन गर्न सकिए किसानलाई मात्रै नभएर देशकै लागि फाइदाजनक हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्