Skip to content
Shikhar Insurance
National Life

कृषि क्षेत्रमा पर्याप्त मात्रामा कर्जा गएको छः अध्यक्ष उपाध्याय

Hyundai
NCELL
NIMB

चितवन । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बैंकहरुले कृषि क्षेत्रमा पर्याप्त रुपमा कर्जा लगानी गरेको बताएका छन् ।
चितवनमा आयोजीत नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेलामा कृषि विकास बैंकको सिईओ समेत रहेका संघ अध्यक्ष उपाध्यायले कुल कर्जा ‘फोर्टफोलियो’ बाट ५२५ अर्ब कृषि क्षेत्रमा लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा ४४० अर्ब लगानी भइसकेको बताए ।

“४४० अर्ब कर्जा कृषि क्षेत्रमा लगानी भएको छ, करिब १ खर्ब कम छौं । अहिले बैंकमा स्रोतको समस्या छ, स्रोत अभावलाई कम गर्दै कृषि क्षेत्रमा बैंकहरुको लगानी वृद्धि भइरहेको छ,” उनले भने, “१० लाखसम्मको कृषि कर्जामा १ पानामा स्वीकृत गर्ने भनेर बैंकर्स संघबाट बैंकहरुलाई सर्कुलर गरेका छौं, अब कर्जा मात्रै नभएर कृषिको विकासको लागि सबै मिलेर ‘चेन म्यानेजमेन्टमा’ काम गरौं ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेको मेला माघ १२ गतेसम्म सञ्चालन हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्