Skip to content
Shikhar Insurance
National Life

पूर्व अर्थमन्त्री पाण्डेको प्रस्तावः कृषिमा जग्गाको हदबन्दी हटाऔं, विद्युतमा ३० खर्ब लगानी गरौं

Hyundai
NCELL
NIMB

झापा । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले व्यावसायिक कृषि उद्यमका लागि जग्गाको हदबन्दी हटाउनुपर्ने बताएका छन् । झापाको विर्तामोडमा नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आयोजना गरेको कार्यक्रममा पाण्डेले ‘कृषि जग्गामा हदबन्दी जरुरत नै नभएको’ धारणा व्यक्त गरेका हुन् ।

“नेपालमा बसेर काम गर्ने वातावरण बनाउने हो भने सरकारले नयाँ ढङ्गले सोच्ने र नयाँ योजनाका साथ काम गर्न थाल्नुपर्छ”, पूर्वअर्थमन्त्री पाण्डेले भने, “कृषि उद्योगमा जग्गाको हदबन्दी हटाउनुपर्छ ।”

जग्गा टुक्राटुक्रा पारिएकाले कृषिमा लागत महँगो भएको र उत्पादनले नाफा दिन नसकेको जनाउँदै नेता पाण्डेले जग्गालाई बाझो राख्न नदिने कानुन निर्माण गर्न स्थानीय तहको सरकारलाई आग्रह गरे । भारतले धान निर्यातमा रोक लगाएको प्रसङ्ग निकाल्दै उहाँले यसलाई धानमा आत्मनिर्भर हुने अवसरका रुपमा लिइनुपर्ने बताए ।

पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष पाण्डेले पर्यटकको आगमन वृद्धि र भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने विषय नेपाली अर्थतन्त्रको सकारात्मक सूचक भएको बताए ।

“कोभिड शान्त भएपछि कहाँ जाउँ भइरहेका विदेशीले नेपाललाई आफ्नो घुमफिरको गन्तब्य बनाएका छन्”, उनले अर्थतन्त्र सुदृढ हुने सम्भावनाका बारेमा बोल्दै भने, “सन् २०२०।२१ तिर नेपालमा पर्यटनबाट रु १९ अर्ब मात्र आम्दानी भएको थियो, चालू आर्थिक वर्षमा बढेर रु ७६ अर्बको हाराहारी पुग्न लागेको छ ।” पर्यटक ओसार्ने पर्याप्त हवाइजहाज नभएका कारण यातायातमा अझै ठूलो रकम बाहिर गइरहेको समेत उनले बताए ।

“दश हजार मेगावाट विद्युत् उत्पादन गर्न रु ३० खर्बको हाराहारीमा लगानी गर्दा मुलुकको अर्थतन्त्र चलायमान हुनेछ”, उनले भने, “विद्युत् बिक्रीबाट नेपालले ठूलो आम्दानी गर्ने कुरा छँदैछ, देशभित्रका सिमेन्ट, फलामे छडलगायत उद्योग पनि फस्टाउने सम्भावना हुनेछ ।”रासस

GBIME

प्रतिक्रिया दिनुहोस्