Skip to content
Shikhar Insurance
National Life

कृषिमा आत्मनिर्भर हुन ११ पकेट क्षेत्र बनाउने तयारी भइरहेको छः मुख्यमन्त्री जम्कट्टेल

Hyundai
NCELL
NIMB

हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाग्मती प्रदेश सरकारले प्रदेशलाई कृषिमा आत्मनिर्भर योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने तयारी भइरहेको बताएका छन्। बाग्मती प्रदेश युवा परिषदको आयोजनामा आज यहाँ सुरु भएको प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिमका क्रममा पकेट क्षेत्रमार्फत एक लाखलाई उत्पादनसँग जोडिने उनले बताए।

उनले प्रदेश सरकारले अब समुदायमा आधारित कृषिमा लगानी गर्ने योजनाका साथ काम गरिरहेको जानकारी दिए। प्रदेश सरकारले बहुबर्षिय योजना बनाएर काठमाडौं र भक्तपुर बाहेकका ११ वटा जिल्लामा उत्पादनका आधारमा पकेट क्षेत्र घोषणा गरेर लगानी गरिने बताए।
बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले युवा स्वयंसेवकका लागि सहयोग गर्ने बताए। युवा स्वयंसेवकहरुले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताउदै उनले प्रदेश सरकारले उनीहरुको कार्यको मूल्याङ्कन गर्ने भनाइ राखे।

GBIME

प्रतिक्रिया दिनुहोस्