Skip to content
Shikhar Insurance
National Life

कुलमानले मानेनन् ओली सरकारको निर्णय , अझै जोडिएन ठूला उद्योगको बिजुली

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय कार्यान्वयनमान आनाकानी गरेका छन् । उनले साना यद्योगको काटिएको लाइन जोडेर विद्युत सुचारु गरेपनि ५ मेघावाट भन्दा धेरै बिद्युत खपत गर्ने उद्योग हरुमा भने बिजुली नजेडेको एक उद्योगीले सिंहदरबारलाई बताए ।

उद्योगीले भने ‘नेपाल सरकारको मिति २०८१ कात्तिक २५ गते बसेको मन्त्रिपरिषद बैठकले २४ घण्टाभित्र लाइन जडान गर्ने निर्णय गरेको थियो तर प्राधिकरणले सानासान उद्योगको लाईन जोडेपनि हुलाश स्टील, जगदम्बा स्टील, त्रिवेनी स्पीनीङ, अर्घखाँची सिमेन्ट लगायतका ५ मेघावाट भन्दा धेरै विद्युत खपत गर्ने उद्योगहरुको बिजुली जोडिदिएको छैन ।’

नेपाल विद्युत प्राधिकरणले कात्तिक ८ गते विद्युत महशुल बक्यौता नतिरेको भन्दै उद्योगहरुको लाइन काटेको थियो । सरकारको मिति २०८१ कात्तिक २५ गते बसेको मन्त्रिपरिषद बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै २४ घण्टाभित्र लाइन जडान गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदले २५ गते निर्णय गरेपनि २६ गते बेलुकी मात्रै उर्जा मन्त्रालयलाई पत्राचार गरेको थियो । पत्र प्राप्त भएको २४ घण्टाभित्रै प्राधिकरणले सबै उद्योगहरुमा लाइन जोडेको जनाएपनि ठुला उद्योगहरुमा भने लाईन जोडिएको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्