Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंक र र्‍याडिसन होटलबीच आकर्षक छुट सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटल (लाजिम्पाट, काठमाण्डौं) बीच आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्‍याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत, पेस्ट्री सपमा १० प्रतिशत, फिटनेस सम्बन्धि सेवामा २० प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने सम्बन्धमा सो सम्झौता भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस सुविधाबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियतदरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्