Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच विशेष छुट सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेड र बाँसबारी, काठमाडौंस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने गरी सो सम्झौता भएको हो ।

कुमारी बैंकका ग्राहकहरुलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ बर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्