Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंक र इसेवाबिच २ लाखसम्मको ‘इजी लोन’ सुविधाका लागि सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवा लि.बीच ग्राहकहरुलाई इसेवा मोबाईल एप मार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै २ लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्ने गरी सो सम्झौता भएको हो ।

पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो इजी लोन सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराईने इसेवाले जनाएको छ । इसेवा मार्फत लिइने इजी लोन सुविधामा लागुहुने थप सर्तहरु बारे इसेवाको वोबसाईट/एप मार्फत जानकारी लिन सकिने सम्झौतामा उल्लेख छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्