Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकले ल्यायो बम्पर अफर, डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले २५ प्रतिशतसम्म क्यासब्याक पाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने अफर ल्याएको हो ।

साथै, क्युआर भुक्तानीमार्फत कारोबार गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्ने बैंकले जनाएकको छ । यो योजना २०८१ वैशाख १ गते बिहान ८ः०० बजेदेखि राति ११ः५९ बजेसम्म लागु हुने बैंकले जनाएको छ भने तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलोे चालिस जना कार्ड प्रयोगकर्ता र पहिलो चालिस जना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) रामचन्द्र खनालले यो विशेष अफरप्रति उत्साह व्यक्त गर्दै भने,“नयाँ वर्षको शुभारम्भमा हामी हाम्रा ग्राहकहरूलाई यो विशेष क्यासब्याक अफर प्रदान गरेर नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छौं । यसले ग्राहकहरुमा डिजिटल भुक्तानी प्रणलीमा आवहद हुन प्रत्साहन गर्नेछ ।”बैंकको हालसम्म देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखाहरु रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्