Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकले ल्यायो नयाँ वर्षको अफर, भाग्यशाली १ ग्राहकलाई आइफोन १५ उपहार

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि “नयाँ वर्ष २०८१ जितौ आइफोन १५ ” सुचारु गरेको छ । कम्पनीले एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा उक्त नयाँ अभियान सुचारु गरेको हो ।

यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी ५०० को टपअप र कुनैपनि एउटा डाटा प्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु आइफोन १५ जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङ्गमा दर्ता गर्न सक्नुहुनेछ । साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको छ ।

नेपाली वित्तीय बजारमा आधुनिक बैंकिङ्ग सेवाहरू उपलब्ध गराउने उद्देश्यले कुमारी बैंक लिमिटेड २०५७ चैत २१ गतेबाट बैंकिङ्ग कारोबार सुरु गर्दै नेपालको पन्ध्रौं वाणिज्य बैंकको रुपमा अस्तित्वमा आएको हो। कुमारी बैंक लिमिटेडले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ्ग एकाइहरू सहित देशका विभिन्न शहरी, अर्धशहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरु मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्