Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकले ल्यायो ‘तिहार तथा छठ क्यासब्याक’ अफर

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले आउदो तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरुमा विशेष क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । बैंकले कात्तिक १४ गतेदेखि कात्तिक २२ गतेसम्मका लागि ‘तिहार तथा छठ क्यासब्याक’ अफर सञ्चालन गरिएको हो ।

भाई टिका तथा किजा पूजाकोे दिनमा मोबाईल बैकिङ्गबाट रकम ट्रान्सफर गर्ने पहिलो १००० ग्राहकहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम ५ सय १ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन विहान ८ बजे देखि बेलुका ११:५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको बैकले जनाएको छ ।

यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरुमा हुने वित्तिय कारोबारहरु विद्युतिय भुक्तानीका माध्यमहरुबाट गर्न आकर्षित गरि डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE